२ कार्तिक २०८३, सोमबार

‘आयुर्वेदिक औषधिले कोरोना ठिक गर्छ, खोपमा अर्बौं खर्च नगरौं’

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ मंसिर । जडिबुटी अनुसन्धान तथा प्रशोधन केन्द्रका अध्यक्ष शिवलाल रोकायाले सरकारले कोरोना भाइरविरुद्धको खोप किन्न अर्बौं रकम खर्च गर्न नपर्ने बताएका छन् ।

खोप किन्ने पैसा आयुर्वेद औषधि उत्पादनमा लगानी गर्न सुझाव दिँदै उनले आयुर्वेद औषधिमा विशेष ध्यान दिन सके कोरोना भाइरसको महामारीविरुद्ध जित हासिल गर्न सकिने दाबी समेत गरेका छन् ।

‘सरकारले कोरोनाविरुद्धको खोपमा अरबौं रकम खर्च गर्दैछ’, अध्यक्ष रोकायाले भने, ‘जटिबुटीमा अनुसन्धान गरी औषधि विकास गरेर कोरानाविरुद्ध जित हासिल गर्न सकिन्छ’, उनले भने । जटिबुटीबाट धेरै रोग ठिक हुने भन्दै देशको ढुकुटीबाट अरबौं विदेशिनबाट जोगाउनुपर्नेमा उनले जोड दिएका छन् ।

कोरोनाबाट संक्रमितलाई तीनदिनभित्रै खतरामुक्त राख्ने र ढिलोमा ८ दिनभित्रै कोरोनाबाट मुक्त गर्ने दाबी गर्दै सरकारले आफ्नो औषधिमाथि अनुसन्धान गर्नुपर्ने उनको भनाइ छ ।

अहिले विश्वकोभिड–१९ बाट आक्रान्त बनेको र यसबाट नेपाल पनि अछुतो नरहेको उल्लेख गर्दै रोकायाले भने, ‘हामीले तयार पारेको कोरोनानाशक चुर्ण आयुर्वेदिक औषधिले कोरोना संक्रमितहरूलाई निको पारेको छ । अहिलेसम्म सयौंको संख्यामा यो औषधिले कोरोना संक्रमितलाई राम्रो गरेको छ । संक्रमितले यो औषधि सेवन गरेपछि उनीहरूको रिपोर्ट ८ दिनमा नेगेटिभ आएको हामीसँग प्रमाण छ ।’