
काठमाडौं, १८ मंसिर । माछापुच्छ्रे बैंक र एशोसिएसन अफ प्री–स्कुल एजुकेटर्स नेपालसँग आवद्ध सदस्य वा सदस्यहरुद्धारा सञ्चालित उद्यमीहरुलाई सहुलियत कर्जा उपलब्ध गराउन सम्झौता भएको छ ।
उक्त सम्झौतापत्रमा एशोसिएसन अफ प्री–स्कुल एजुकेटर्स नेपालका अध्यक्ष बद्रीप्रसाद दाहाल तथा माछापुच्छ्रे बैंकका संस्थागत तथा पूर्वाधार कर्जा लगानी प्रमुख सुभाष जमरकट्टेलले हस्ताक्षर गरेका छन् ।
सम्झौतापश्चात् एशोसिएसन अफ प्री–स्कुल एजुकेटर्स नेपालसँग आवद्ध सदस्य वा सदस्यहरुद्धारा सञ्चालित उद्यमीहरुलाई माछापुच्छ्रे बैंकले न्यूनतम रू. १ लाख देखि अधिकतम रू. १५ लाखसम्मको सहुलियत कर्जा उपलब्ध गराउने छ ।
साना व्यवसायीहरुको मनोबल बृद्धि गरी स्वदेशमै आत्मनिर्भरता बढाउने तथा कोभिड–१९ ले सिर्जित विषम परिस्थितिका कारण विगत लामो समयदेखि बन्द रहेका स्कुल तथा अन्य व्यवसायहरु विस्तारै खुल्दै जान थालेको अवस्थामा व्यवसायहरुलाई पुनर्जीवन प्रदान गर्ने उद्देश्यले माछापुच्छ्रे बैंकले उक्त, सम्झौता गरेको बताएको छ ।















प्रतिक्रिया