
काठमाडौं, १८ मंसिर । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा कोरोना भाइरसका ५६१ जना नयाँ संक्रमित थपिएका छन् ।
नयाँ संक्रमण पुष्टि हुनेमा २५० जना महिला र ३११ जना पुरुष छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यका थपिएका ५६१ जनामध्ये काठमाडौंमामात्रै ४५५ जना थपिएका छन् ।
यस्तै भक्तपुरमा २६ र ललितपुरमा ८० जना नयाँ संक्रमित थपिएको मन्त्रालयले जानकारी दिएको छ । बिहीबार देशभर १ हजार ३४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै देशभर संक्रमितको कुल संख्या २ लाख ३७ हजार ५८९ जना पुगेको छ ।
यस्तै २४ घण्टामा थप २ हजार १११ जना संक्रमित उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । योसँगै नेपालमा हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख २० हजार २७२ जना पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा १३ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको कुल संख्या १ हजार ५५१ पुगेको छ ।















प्रतिक्रिया