
काठमाडौं, १८ मंसिर । बिहीबार अपराह्न मन्त्रिपरिषद्को बैठक बोलाएका प्रधानमन्त्री केपी शर्मा ओलीले आजै राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि भेटवार्ता गरेका छन् ।
राष्ट्रपति भण्डारीलाई भेट्न शितल निवास गएका प्रधानमन्त्री ओलीले राष्ट्रपतिसँग नियमित भेटघाट गरेको बताइएको छ । तर, पार्टी र सरकार सञ्चालनको विषयलाई दिएर आफ्नै पार्टीभित्र भइरहेको चरम विवाद र पछिल्लो घटनाक्रमहरुकाबीच ओलीको यो भेटलाई कतिपयले अर्थपूर्ण भएको पनि बताएका छन् ।
पार्टीभित्रको विवाद चरम उत्कर्षमा पुगेको बेला नेकपाका अध्यक्ष समेत रहेको ओलीका कतिपय गतिविधिलाई महत्वका साथ हेर्ने गरिएको छ ।















प्रतिक्रिया