२ कार्तिक २०८३, सोमबार

२५ किलो गाँजासहित धनिराम पक्राउ

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बाँके, १८ मंसिर । २५ किलो अवैध लागूऔषध गाँजासहित धनिराम यादव पक्राउ परेका छन् ।

बाँकेको नरैनापुर गाउँपालिका–४ जयरामपुरवाका ४५ वर्षीय यादवलाई करिब २५ किलो अवैध लागूऔषध गाँजासहित बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

उनको घरमा गाँजा लुकाएर राखिएको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय भगवानपुरले यादवको घर तलासी गर्दा उक्त गाँजा फेला परेपछि उनलाई पक्राउ गरेको प्रहरीले बताएको छ ।