२ कार्तिक २०८३, सोमबार

भुवन ढकालले किन गरे आफ्नै बुबाको हत्या ?

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गोरखा, १८ मंसिर । गोरखाको सिरानचोक गाउँपालिका–८ धन्साका ४० वर्षीय भुवन ढकालले आफ्नै बुबाको हत्या गरेका छन् ।

७० वर्षीय आफ्ना बुबाको हत्या गरेको आरोपमा ढकाललालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

सिरानचोक–८ धापेस्थित खेतमा धान झाट्ने क्रममा झगडा हुँदा भुवनले आफ्नै बुबा तुलारामलाई लाठीले हानी हत्या गरेका हुन् । लाठी प्रहारबाट गम्भीर घाइते भएका तुलारामको प्राथमिक स्वास्थ्य केन्द्र जौबारीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।