२ कार्तिक २०८३, सोमबार

सुनको मूल्य एकैदिन १ हजार ६०० रुपैयाँले बढ्यो

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ मंसिर । नेपाली बजारमा बिहीबार सुनको मूल्य १ हजार ६०० रुपैयाँले बढेको छ ।

केही दिन यता निरन्तर घटिरहेको सुनको मूल्य एकैदिन १ हजार ६०० रुपैयाँले घटेपछि आज बिहीबार प्रतितोला ९२ हजार ६०० रुपैयाँ निर्धारण गरिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा नै सुनको मूल्य बिहीबार २५ डलरले महँगो भएकाले नेपाली बजारमा पनि मूल्यवृद्धि भएको हो । अन्तर्राष्ट्रिय बजारमा सुन आज प्रतिऔँस १८ सय ३६ डल र पुगेको छ ।

डलरको तुलनामा भारतीय रुपैयाँ कमजोर भएकाले नेपाली बजारमा सुनको मूल्य बढेको छ । यस्तै आज चाँदीको मूल्य पनि बढेर १ हजार २०५ रुपैयाँ पुगेको छ । अघिल्लो दिन बुधबार चाँदीको मूल्य तोलामा १ हजार १८५ रुपैयाँ थियो ।