शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

च्याम्पियन्स लिग फुटबलमा चेल्सीलाई शानदार जित

दैनिक नेपाल २०७७ मंसिर १८ गते ९:१९

लण्डन, १८ मंसिर । ओलिभर जिरउडको शानदार प्रदर्शनमा चेल्सीले च्याम्पियन्स लिग फुटबल अन्तर्गतको खेलमा प्रभावशाली जित दर्ता गरेको छ ।

समूह इ अन्तर्गत बुधबार राति भएको खेलमा चेल्सीले सेभिल्लालाई ४–० ले पराजित गरेको हो । अवे मैदानमा भएको खेलमा चेल्सीका लागि चारै गोल जिरउडले गरेका हुन् । उनले ८, ५४, ७४ र ८३ औँ मिनेटमा गोल गरे ।

अन्तिम १६ मा यसअघि नै स्थान पक्का गरेको चेल्सी जितपछि १३ अंकसहित शीर्ष स्थानमा कायम छ । पराजित भएको सेभिल्ला १० अंकसहित दोस्रो स्थानमा छ ।

समूह इ अन्तर्गत बुधबार राति नै भएको खेलमा एफके क्रास्नोडरले रेनलाई १–० ले पराजित गरेको छ।

प्रतिक्रिया
सम्बन्धित