शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

१ लाख ३५ हजारको सुनको सिक्री चोरी

दैनिक नेपाल २०७७ मंसिर १७ गते २१:५३

सांकेतिक तस्वीर

काठमाडौँ, १७ मंसिर । बूढानीलकण्ठ नगरपालिका २ पानीपालबाट सोही ठाउँ बस्ने ४६ वर्षीया पैदलयात्री महिलाको करिब १ लाख ३५ हजार रुपैयाँ मूल्य बराबरको घाँटीमा लगाएको साढे १ तोलाको सुनको सिक्री बुधबार बिहान लुटपाट भएको छ ।

हाल नम्बर नखुलेको मोटरसाइकलमा आएका २ जना अपरिचित व्यक्तिले उनको सिक्री लुटपाट गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग बुढानीलकण्ठबाट खटिएको प्रहरीले लुटेराहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित