९ कार्तिक २०८३, सोमबार

थप १४ सय ९० जनामा कोरोना पुष्टि, ९ जनाको मृत्यु

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १७ मंसिर । नेपालमा गत २४ घण्टामा थप १ हजार ४ सय ९० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ८ हजार ३ सय जनाको कोरोना परीक्षण गरिएकोमा ५६५ महिला र ९२५ पुरुष गरी थप १ हजार ४ सय ९० जनामा संक्रमण पुष्टि भएको जनाएको छ ।

यससँगै देशभर संक्रमितको कूल संख्या २ लाख ३६ हजार २४६ पुगेको छ ।

देशभर सक्रिय संक्रमितको संख्या १६ हजार ४५७ जना रहेको छ । यो निको हुनेको ९२.३ प्रतिशत हो ।

त्यस्तै, पछिल्लो २४ घण्टामा १ हजार ५ सय ६७ जना कोेरोनामुक्त भएका छन् भने ९ जनाको मृत्यु भएको छ । योसहित निको हुनेको संख्या २ लाख १८ हजार १६१ पुगेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै मृतकको कुल संख्या १ हजार ५ सय ३८ पुगेको छ ।