९ कार्तिक २०८३, सोमबार

१२ लाख ठगी मुद्दाका फरार एक जना पक्राउ

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

काठमाडौँ, १७ मंसिर । ठगी मुद्दाका फरार प्रतिवादी काठमाडौँ महानगरपालिका १६ माछापोखरी बस्ने नुवाकोट ककनी गाउँपालिका ४ घर भएका शुवास लामा भन्ने ३८ वर्षीय सुब्बा लामालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला अदालत काठमाडौँको २०६७ जेठ १९ गतेको फैसलाले उक्त मुद्दामा १२ लाख ३० हजार रुपैयाँ जरिवाना भएकोमा रकम नतिरी फरार रहेका लामालाई महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले ललितपुर महालक्ष्मी नगरपालिका ३ टिकाथलीबाट पक्राउ गरेको हो ।

लामालाई आवश्यक कारवाहीका लागि जिल्ला अदालत काठमाडौँ पठाईएको उक्त महाशाखाले जनाएको छ ।