शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

लिभरपुलका लागि च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा स्थान पक्का

दैनिक नेपाल २०७७ मंसिर १७ गते ९:०८

लण्डन, १७ मंसिर । इंग्लिस क्लब लिभरपुलले च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा स्थान पक्का गरेको छ ।

समूह चरण अन्तर्गत मंगलबार राति भएको खेलमा अजाक्सलाई पराजित गरेर एक खेल बाँकी हुँदै नकआउट चरणमा स्थान बनाएको हो ।

घरेलु मैदानमा भएको खेलमा लिभरपुलले अजाक्सलाई १–० ले पराजित गरेको हो । उसको जितमा ५८ औँ मिनेटमा कर्टिस जोन्सले गरेको गोल नै निर्णयक बन्यो । जोन्सले च्याम्पियन्स लिगमा पहिलो गोल गरेका हुन् ।

अन्तिम १६ मा स्थान बनाउने पक्का भएको लिभरपुलको पाँच खेलबाट १२ अंक भएको छ । परातिज भएको अजाक्स सात अंकसहित तेस्रो स्थानमा छ ।

सोही समूह अन्तर्गत भएको अर्को खेलमा एफसी मिड्ट्जील्याण्डसँग १–१ को बराबरी खेलेको एट्लान्टा ८ अंकसहित दोस्रो स्थानमा रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित