शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

खाना पकाउँदा पकाउँदै प्रेसर कुकर पड्किँदा रोकाया गम्भीर घाइते

दैनिक नेपाल २०७७ मंसिर १६ गते २३:०८

हुम्ला, १६ मंसिर । खाना पकाउँदै गर्दा प्रेसर कुकर पड्किँदा हुम्लाको अदानचुली–३ का देउलु रोकाया गम्भीर घाइते भएका छन् ।

मंगलबार साँझ आफ्नै घरमा खाना पकाइरहेको बेला वासर फुत्किएर पड्किएपछि नजिकै बसिरहेका रोकायाको टाउकोमा गम्भीर चोट लागेको छ ।

उनलाई थप उपचारका लागि बुधबार बिहान बाजुराको कोल्टी विमानस्थलबाट सुर्खेत वा नेपालगञ्ज पठाउने तयारी छ ।

प्रतिक्रिया
सम्बन्धित