२ कार्तिक २०८३, सोमबार

तनहुँका सांसद सिग्देल भन्छन्– जनतालाई विकास दिन यो सरकार कटिवद्ध छ

686
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 तनहुँ (म्याग्दे) १६ मंसिर । प्रतिनिधिसभाका सदस्य एवं नेकपा तनहुँका जिल्ला अध्यक्ष केदार सिग्देलले जनतालाई विकास दिन यो सरकार कटिवद्ध भएको बताएका छन् ।

सरकारको काम कारबाही देखेर प्रतिपक्ष दल आँत्तिएको भन्दै उनले सरकारको जनपक्षीय काम देखेर विपक्षी पार्टीहरू सरकार असफल बनाउन लागिपरेको जिकिर गरेका छन् ।

जिल्लाको म्याग्दे गााँउपालिका–१, बाख्रे मा आयोजित जनता साक्षात्कार कार्यक्रममा सासंद सिग्देलले भने, ‘सरकारले दीर्घकालीन योजनाका साथ काम गरेको छ । अब समयसँगै सरकारको काम देखिदै जाने छ ।’ यही सरकारले नै पानीजहाज र रेल पनि ल्याउने दाबी उनले गरेका छन् ।

विकासका योजनाको अनुगमन र जनगुनासो सुन्न म्याग्दे पुगेका सासंद सिग्देलले सरकारको काम कारबाहीलाई सुक्ष्म ढंगले अध्ययन गर्न पनि आग्रह गरेका छन् । संघीयताका कार्यान्यनसँगै ३ वटै तहको सरकारले जनताको काम गरेको हुँदा विकास निर्माणमा नआत्तिन उनले सबैलाई आग्रह गरेका छन् ।

सोही कार्यक्रममा गण्डकी प्रदेशकी सांंसद आशा कोईरालाले कम्युनिष्टको सरकार जनताको सरकार भएको बताइन् । ‘प्रदेश सरकारले पनि यो क्षेत्रको विकास निर्माणमा महत्वपूर्ण भुमिका खेलेको छ, बाटोघाटो, पुलपुलेसा निर्माणका कामले तीव्रताका साथ गति लिएको छ’, उनले भनिन् ।

नेकपा म्याग्दे गाँउपालिकाका अध्यक्ष दिलबहादुर नेपालीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नेकपा तनहुँका सचिवालय सदस्य श्रीप्रसाद श्रेष्ठ, नेकपा जिल्ला तनहुँका कार्यालय सचिव राजेश्वर ढकाललगायत स्थानीय बासिन्दाले विकास निर्माणसम्बन्धी धारणा व्यक्त गरेका थिए ।