शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

‘झन् झन् माया बढ्यो’ मा सञ्चारकर्मी भट्टराई र मोडल गौतमको रोमान्टिक अभिनय

दैनिक नेपाल २०७७ मंसिर १६ गते २१:५०

काठमाडौं । गायक नारायण धिताल र गायिका मेलिना राईको स्वरमा रहेको नयाँ गीत ‘झन् झन् माया बढ्यो’ को म्यूजिक भिडियो सार्वजनिक गरिएको छ ।

काठमाडौंमा पत्रकार भेटघाट कार्यक्रम गरेर उक्त गीतको भिडियो सार्वजनिक गरिएको हो । संगीतकार तथा प्राज्ञ सुनिल मास्केको शब्द तथा संगीत रहेको गीतमा सचिन सिंहको संगीत संयोजन रहेको छ । संगीतकार सुनिल मास्के पछिल्लो समयका ब्यस्त संगीतकार हुन् । मास्केको संगीतमा चलेका सबै जसो गायक गायिकाले गीत गाएका छन् ।

लामो समय देखि बेल्जियममा बस्दै आएका गायक तथा समाज सेवी नारायण धिताल डेढ दशकदेखि नेपाली गीतसंगीतको क्षेत्रमा सक्रिय छन् । यसअघि धितालका थुप्रै गीत सार्वजनिक भईसकेका छन् । उनले ३ वटा सोलो एल्बम सार्वजनिक गरिसकेका छन् ।

सार्वजनिक भिडियोमा सञ्चारकर्मी, गीतकार तथा मोडल नरेश भट्टराई र एलिजा गौतमको अभिनय छ । एलिजा गौतमले छोटो समयमा नै एक दर्जन भन्दा धेरै भिडियोमा अभिनय गरिसकेकी छन् । उनले पछिल्लो समय चलेका प्राय सबै मोडलहरुसँग भिडियोमा स्क्रीन शेयर गरिसकेकी छन् ।

भिडियोलाई युबराज वाइवाले निर्देशन गरेका हुन् । युवराज वाइवा भिडियो निर्देशनमा पछिल्लो समय व्यस्त निर्देशक हुन्, उनले तिन सय पचास भन्दा धेरै भिडियोको निर्देशन गरिसकेका छन् । निसाल पौडेलले छायाँकन गरेको भिडियोलाइ विकाश दाहालले सम्पादन गरेका छन् ।

भिडियो हेर्नुहोस्–

प्रतिक्रिया
सम्बन्धित