शनिबार, २९ वैशाख २०८१
DainikNepal.com
शनिबार, २९ वैशाख २०८१

देशको विकासका लागि नेपालले भारत र चीनसँग उत्तिकै फाइदा लिनुपर्छ : डा. महत

दैनिक नेपाल २०७७ मंसिर १६ गते २१:३८

काठमाडौं, १६ मंसिर । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वअर्थमन्त्री डा. रामशरण महतले नेपालले भारत र चीन दुवै देशसँग सुमधुर सम्बन्ध राख्नुपर्नेमा जोड दिएका छन् ।

नेपालले आफ्नो हितलाई ध्यानमा राखेर भारत र चीनसँगको सम्बन्ध सुदृढ गर्नुपर्ने उनको भनाइ छ । आज मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कार कार्यक्रममा नेता महतले भारतसँग नेपालको त्रेतायुग र द्धापरयुगदेखिको सम्बन्ध तथा चीनसँग सातौं शताब्दीदेखि सम्बन्ध रही आएको बताए ।

‘चीनसँग पनि एकदमै लामो सम्बन्ध छ । नेपालको लोकेशन नै रणनीतिक छ, विश्वको सबैभन्दा ठूलो जनसंख्या भएको र विश्वकै सबैभन्दा दोस्रो ठूलो इकोनोमी चीन हो । भारत पाँचौं आर्थिक संख्या हो । दोस्रो कुल जनसंख्या भारतसँग छ । हामी दुवै देशको बीचमा छौं । दुवै देशसँग प्राचिन सम्बन्ध छ’, उनले भने ।

भारतसँग नेपालको सम्बन्ध अत्यन्तै पूरानो र घनिष्ठ रहेको नेता महतको भनाइ छ । ‘भारतसँग सामाजिक सम्बन्ध, धार्मिक, सांस्कृतिक सम्बन्ध बढी छ । साथसाथै, आर्थिक सम्बन्ध बढी छ । नेपालको कुल व्यापारको ६९ प्रतिशत आयात भारतबाट हुन्छ । चीनबाट १५ प्रतिशत हुन्छ । ५८ प्रतिशत निर्यात पनि हाम्रो भारतसँग छ । व्यापारको हिसाबले पनि भारत र चीनसँग अत्यन्तै नजिकको सम्बन्ध छ’, नेता महतले भने ।

यस्तै चीनसँग नेपालको राष्ट्रिय, राजनीतिक र आर्थिक सम्बन्ध विस्तार हुँदै गएको भन्दै उनले भविष्यको विकासका लागि दुई देशबीच दुवै देशसँग फाईदा लिनुपर्नेमा जोड दिएका छन् । ‘लगानीको स्रोतको रूपमा, पर्यटनको स्रोतको रूपमा र हाम्रो मार्केट सोर्सको रूपमा पनि भारत र चीन नै महत्वपूर्ण हुन् । आर्थिक सहयोग पनि दुवै मुलुकबाट प्राप्त गरेका छौं । दुवै मुलुकसँग सम्बन्ध राम्रोसँग राख्नुपर्छ’, उनले भने ।

प्रतिक्रिया
सम्बन्धित