२ कार्तिक २०८३, सोमबार

१२ लाख ३० हजार बिगो नतिरी फरार भएका नुवाकोटका सुवास लामा पक्राउ

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ मंसिर । १२ लाख ३० हजार बिगो नतिरी फरार भएका ठगी मुद्दाका दोषी पक्राउ परेका छन् ।

काठमाडौं जिल्ला अदालतले २०६७ जेठ १९ गते १२ लाख ३० हजार बिगो कायम गरेको तर सो रकम नतिरी फरार भएका सुवास लामालाई मंगलबार पक्राउ गरिएको हो ।

नुावकोटको ककनी गाउँपालिका–४ का ३८ वर्षीय लामालाई मंगलबार बिहान साढे १० बजे ललितपुरको महालक्ष्मी–३ टीकाथलीबाट नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ ।

पक्राउ गरेपछि उनलाई जिल्ला अदालत काठमाडौंमा पठाइएको महानगरीय अपराध महाशाखाले जानकारी दिएको छ ।