२ कार्तिक २०८३, सोमबार

प्रदेश २ का अपांगता भएका महिलाबारे वृत्तचित्र

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ मंसिर । अपांगता भएका महिलाहरूको सवालमा आधारित वृत्तचित्र सार्वजनिक भएको छ ।

२९औं अपांगता दिवसको पूर्वसन्ध्यामा नेपाल नेत्रहिन महिला संघले आज मंगलबार वृत्तचित्र सार्वजनिक गरेको हो । वृत्तचित्र प्रदेश २ मा रहेका अपांगता भएका महिलाहरूमा केन्द्रित छ ।

कार्यक्रममा नेत्रहिन महिला संघकी अध्यक्ष सीता सुवेदीले दृष्टिबिहीन महिला तथा अन्य अपांग भएका महिलाहरूलाई अधिकार दिलाउनको लागि विशेष कार्यक्रममा जोड दिइन् । उनले भनिन्, ‘दृष्टिबिहीन महिला तथा अन्य अपांग भएका महिलाहरूलाइ न्यायमा पहुँच अभिवृद्धि गर्ने, कानूनी सचेतना दिनेलगायतमा वकालत गरिरहेका छौं ।’

उनले अपांगता भएका महिलाको शिक्षा स्वास्थ्य रोजगारी उनीहरूको सुरक्षा जस्ता मानव अधिकारका न्यूनतम आधारभुत पक्षहरूमा जोड दिइन् ।

सुवेदीले नेत्रहिन महिला संघले १५ वटा जिल्लाका विभिन्न शाखाहरूमा दृष्टिबिहीन महिलाहरूलाई संगठित गरि विकास शसक्तिकरण गर्नलाई सञ्जालीकरण गरेको पनि जानकारी दिइन् । उनले भनिन्, ‘पछिल्लो समयमा प्रदेश २ मा मुुस्लिम समुदायमा भएका नेत्रहिन महिलाहरू स्वास्थ्य शिक्षाबाट बञ्चित भएकोमा उहाँहरूलाई अगाडि आउन सहयोग गर्दै आएका छौ ।’

यस्तै राष्ट्रिय अपांग महासंघकी उपाध्यक्ष रमा ढकालले अपांगता भएका महिलाको समस्या र चुनौतीबारे उल्लेख गरिन् । वृत्तचित्रले अपांगता भएका महिलाको समस्या उजागर गरेको बताइन् । उनले सुदुरपश्चिमका बौद्धिक अपांगता भएका र नेत्रहिन अपांगहरू अझै पनि पछाडि रहेको बताइन् ।

उनले भनिन्, ‘सिमान्तकृत भित्र पनि १० प्रकारका अपाङ्ग रहेको र त्यसमा पनि बौद्धिक अपांगता र नेत्रहिन अपांगता भएका अझै धेरै पछाडि रहेका छन् ।’

ढकालले अपांगता भएका र त्यसमा पनि नेत्रहिन महिलाको बारेमा यथार्थ समेटिएको वृत्तचित्र धेरै प्रभावकारी हुने आशा व्यक्त गरिन् । उनले समस्या उजागर गर्ने बलियो माध्यमका रूपमा वृत्तचित्र भएको बताइन् ।

ढकालले बर्दिबासमा बालिकाको बलात्कारपछि भएको हत्याको बारेमा समेत तयार भएको डकुमेन्ट्री सबैको सामु पुग्न अत्यन्तै जरुरी भएको बताइन् । उपाध्यक्ष ढकालले मधेसका अपांग महिलाहरू भाषाका कारण अझ थप समस्यामा भएको बताइन् ।

नेपाल अपांग महिला संघको तर्फबाट मिना पौडेलले प्रदेश नमबर २ को रौतहट, बारा र रौतहटका महिला अझ पिछडिएको अवस्थामा रहेको बताइन् ।