
काठमाडौं, १६ मंसिर । भक्तपुरको मध्यपुर थिमी नगरपालिका–४ एसओएस चोकमा गएराति स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्थानीय २९ वर्षीय राजु तामाङ छन् । दुर्घटनामा घाइते भएका उनलाई उपचारका लागि नर्भिक अस्पताल थापाथली ल्याउने क्रममा बाटोमै मृत्यु भएको हो ।
भक्तपुरबाट काठमाडौंतर्फ आउँदै गरेको बा. ७३ प ३८२ नम्बरको स्कुटर गएराति सवा १० बजे आफैं अनियन्त्रित भई पल्टिएको प्रहरी वृत्त थिमीले जनाएको छ ।















प्रतिक्रिया