काठमाडौं, १६ मंसिर । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दै छ ।
बैठक धुम्बारहीमा दिउँसो १ बजेपछि बस्नेछ । बैठकमा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी ओली र दोस्रो वरीयताका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’द्वारा प्रस्तुत अलग अलग प्रतिवेदनमाथि छलफल हुने नेकपाले जनाएको छ ।
दाहाल र वरिष्ठ नेता माधव नेपाल समूह प्रतिवेदनलाई केन्द्रीय कमिटीसम्मै लानुपर्ने अडानमा छन् । ओली भने सचिवालयमा सहमति गर्नुपर्ने अडानमा छन् ।
मंसिर १३ गते ओलीले दिएको जवाफबाट दाहाल आक्रोशित भएका छन ।
आजको बैठकमा ओलीको प्रतिवेदनमाथि दाहालले टिप्पणी गर्ने उनी निकट नेताले बताएका छन् । १३ गते दाहालले जवाफ आउनु सकारात्मक भएको भएपनि ओलीले अहंकार नत्यागेको भन्दै आलोचना गरेका थिए ।











प्रतिक्रिया