मंगलबार, ४ वैशाख २०८१
DainikNepal.com
मंगलबार, ४ वैशाख २०८१

मुक्तिनाथ विकास बैंकको केन्द्रीय कार्यालय भवन शिलान्यास

दैनिक नेपाल २०७७ मंसिर १५ गते २०:१०

काठमाडौं, १५ मंसिर । मुक्तिनाथ विकास बैंकले काठमाडौं महानगरपालिका–३, लाजिम्पाटमा केन्द्रीय कार्यालय भवन निमार्णका लागि भूमीपूजा तथा भवनको शिलान्यास आज गरिएको छ ।

बैंक सञ्चालक समितिका अध्यक्ष भरतराज ढकालले भूमीपूजा तथा शिलान्यास गरेका हुन् । विकास बैंकले छिट्टै भवन निर्माण सम्पन्न गरी आपm्नै भवनमा केन्द्रीय कार्यालय स्थानान्तरण गरी सेवालाई थप स्तरीयता र सवल बनाउन सहज हुने छ भने बैंकको केन्द्रीय कार्यालयले स्थायित्व पाउने बैंकले जनाएको छ ।

शिलन्यास कार्यक्रममा बैंकका सञ्चालक समितिका सदस्यहरु, सेयरधनी तथा ग्राहकहरु र कर्मचारीहरु उपस्थित थिए ।

प्रतिक्रिया
सम्बन्धित