शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

बैंक अफ काठमाण्डूको २६औं वार्षिक साधारणसभाबाट १६ प्रतिशत लाभांश पारित

दैनिक नेपाल २०७७ मंसिर १५ गते १९:३४

काठमाडौं, १५ मंसिर । बैंक अफ काठमाण्डू लिमिटेडकोे २६औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

बैंकको प्रधान कार्यालय कमलपोखरीमा सोमबार सम्पन्न साधारणसभाले गत आर्थिक वर्षको बार्षिक प्रतिवेदन पारित गर्नाका साथै प्रस्तावित लाभांश समेत पारित गरेको छ ।

साधारणसभाले २०७६/७७ सम्मको सञ्चित मुनाफाबाट २०७६ आसार मसान्तसम्ममा कायम भएको चुक्ता पूँजीको १३ प्रतिशतका दरले बोनस शेयर र ३ प्रतिशतका दरले नगद लाभांश (लाभांशमा लाग्ने कर समेत) वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

बैंकले हाल ८९ शाखा कार्यालयहरु, ७८ एटीएम र १० एक्स्टेन्सन काउन्टर मार्फत आफ्ना ग्राहकलाई बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित