शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

डिजिटल भुक्तानीका लागि सानिमा बैंकको ‘कर्पोरेट–पे’ सेवा शुरू

दैनिक नेपाल २०७७ मंसिर १५ गते १९:१७

काठमाडौं, १५ मंसिर । सानिमा बैंकले डिजिटल भुक्तानीका लागि ‘कर्पोरेट–पे’ सेवा शुरू गरेको छ ।

आफ्ना व्यावसायिक ग्राहकहरूका लागि बैंक खाताबाट डिजिटल भुक्तानी गर्न सकिने गरी पहिलो पटक ‘कर्पोरेट–पे’ प्रणाली शूरु गरेको बैंकले जनाएको छ । कर्पोरेट–पे सोलुशन नेपाल क्लियरिङ हाउसद्धारा प्रवर्धित बैंकिङ कारेबार गर्ने विद्युतीय माध्यम हो ।

बैंकले आफ्ना व्यावसायिक ग्राहकहरूलाई प्रदान गरेको उक्त डिजिटल भुक्तानी प्रणालीमार्फत कर्मचारीलाई तलब भुक्तानी, तेस्रो पक्षलाई भुक्तानी, सरकारी राजस्व भुक्तानी लगायतका अन्य विभिन्न व्यावसायिक भुक्तानीहरू बंैक खाताबाट सजिलै गर्न सक्ने छन् ।

उक्त प्रणाली मार्फत ग्राहकले कनेक्टआईपीएस अथवा एनसीएचएल–आईपीएस मा रियल–टाइम वा नन–रियलटाइममा भुक्तानी गर्न सक्ने छन् ।

‘कर्पोरेट–पे’मा आबद्ध हुनका लागि व्यावसायिक ग्राहकले आवश्यक प्रकृया पूरा गरी आफैले तोकेको कारोबार सीमाभित्र कुनै पनि भुक्तानीहरू बैंकको प्रत्यक्ष संलग्नताविना नै गर्न सक्ने बैंकको भनाइ छ । यस प्रणालीमा मल्टी–लेयर अथेन्टीकेशनको सुरक्षित व्यवस्था गरिएको पनि बैंकले बताएको छ ।

कुनै पनि कारोबार प्रविष्ट गर्न र स्वीकृत गर्न ग्राहक आफैले निर्धारण गरेको आधिकारिक प्रयोगकर्ताहरूले मात्र प्रयोग गर्न पाउने छन् ।

प्रतिक्रिया
सम्बन्धित