२ कार्तिक २०८३, सोमबार

२४ वटा नेपाली पासपोर्टसहित एपीएफद्वारा एक जना पक्राउ

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रुपन्देही, १५ मंसिर । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका १ डण्डा स्थित सीमा ईलाकाबाट सशस्त्र प्रहरी बल (एपीएफ) को टोलीले २४ वटा नेपाली पासपोर्टसहित एक जनलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धनुषाको जनकपुर उपमहानगरपालिका–४ का २६ वर्षीय चन्दनप्रसाद रौनियार छन् । उनलाई आइतबार पक्राउ गरेको एपीएफले जनाएको छ ।

उनलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट डण्डाबाट खटिएको एपीएफ टोलीले शंका लागेर जाँच गर्दा उनको साथमा युक्रेनको भिषा लागेको ५ वटा तथा अन्य १९ वटा नेपाली पासपोर्ट फेला परेपछि पक्राउ गरिएको हो ।

पक्राउ परेका निज रौनियारलाई बरामद पासपोर्टसहित आवश्यक कारवाहीका लागि ईलाका प्रहरी कार्यालय बेलहियामा बुझाईएको छ ।