
काठमाडौं, १५ मंसिर । पछिल्लो २४ घण्टामा देशभर २९ जना संक्रमितले ज्यान गुमाएका छन् ।
यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ५०८ जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा कोरोना भाइरसका १ हजार ४७४ जना नयाँ संक्रमित थप भएका छन् ।
९ हजार ९११ जनाको पीसीआर विधिबाट स्वाब परीक्षण गर्दा उक्त संख्यामा संक्रमित पुष्टि भएका हुन् । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख ३३ हजार ४५२ जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ९३१ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमण जितेर घर फर्किनेको संख्या २ लाख १४ हजार ५२१ जना पुगेको छ ।
हाल देशमा सक्रिय संक्रमितको संख्या १७ हजार ४२३ छ ।
मन्त्रालयका अनुसार हालसम्म नेपालमा १७ लाख ३७ हजार ७४७ जनाको पीसीआर विधिबाट स्वाब परीक्षण गरिएको छ भने अहिले १७ हजार ४२३ जना आइसोलेसन र ५३५ जना क्वारेन्टिनमा छन् ।















प्रतिक्रिया