२ कार्तिक २०८३, सोमबार

नेपाली सेनाले जोगाए सुडानका स्थानीयवासीलाई जातीय हिंसाबाट

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ मंसिर । शान्ति स्थापनार्थ दक्षिण सुडानमा खटिएको नेपाली सेनाहरुले त्यहाँका स्थानीयवासीलाई ठूलो जातीय हिंसाबाट जोगाएका छन् ।

नेपाली सेनाले दिएको जानकारी अनुसार कालिध्वज गणबाट यूएन मिशनमा गएको टोली रहेको हेडक्वार्टरस्थलबाट करिब ७० किलोमिटर उत्तरपश्चिममा अवस्थित क्यूइबर इलाकानजिकै रहेको केटल क्याम्प (गाई शिविर) मा कङ्गारु जातीका मानिस चोरी गर्न आएपछि जातीय हिंसाको रुप लिएको थियो ।

उक्त सूचना प्राप्त भएलगत्तै कालिध्वज गणअन्तर्गतको टेम्प्रोरी अपरेटिङ बेस (टीओबी) बाट टोली खटिएर दुई पक्षबीचको सम्भावित झडपलाई रोकेको नेपाली सेनाले बताएको छ । उक्त घटना रोकथाम तथा नियन्त्रणको नेतृत्व सहसेनानी विज्ञान विष्टले गरेका थिए ।

जातीय द्वन्द्वकै कारण नरसंहारबाट गुज्रेको सुडानमा त्यस्ता घटनाको पुनरावृत्ति हुनबाट जोगाउन नेपाली शान्ति सैनिकहरुले उच्चतम् योगदान पुर्याउँदै आएका छन् ।

नेपाली सेनाको उक्त योगदानको राष्ट्र संघले समेत प्रसंशा गरेको छ ।