मंगलबार, ११ वैशाख २०८१
DainikNepal.com
मंगलबार, ११ वैशाख २०८१

मोटरसाइकल चालकले बाटैमा भेटे २ लाख ३५ हजार रुपैयाँ

दैनिक नेपाल २०७७ मंसिर १५ गते १४:३९

फाइल तस्वीर

काठमाडौं, १५ मंसिर । ललितपुरको महालक्ष्मीस्थान चोकको बाटोमा एक जना मोटरसाइकल चालकले २ लाख ३५ हजार रुपैयाँ भेट्टाएका छन् ।

चोकमा भेटिएको पैसासँगै चितवन गर्दी–२ का प्रमोद आचार्यको नागरिकता पनि भेटिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

महालक्ष्मी स्थान चोक सडकमा बा ८७ प ७३५५ नं. को मोटरसाइकल चालकले सडकमा खसेको प्लास्टिकको झोला टिपेर हेर्दै गरेको अवस्थामा चोकमा खटिएका ट्राफिक प्रहरी जवान रुपेश चौधरीले उक्त पैसा फेला पारेका हुन् ।

रकम र नागरिकता महानगरीय प्रहरी वृत्त सातदोबाटोमा बुझाएकाले सम्बन्धित व्यक्तिले महानगरीय प्रहरी वृत्त सातदोबाटोमा सम्पर्क गर्न ट्राफिक प्रहरीले आग्रह गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित