
कास्की, १५ मंसिर । कास्कीको पोखरामा उपचाररत ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ३ जना र चरक मेमोरिय अस्पतालमा १ जना कोरोना संक्रमितको मृत्यु भएको हो ।
गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माका अनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोखरा महानगरपालिका–३ का ६५ वर्षीय पुरूषको उपचारको क्रमममा आइतबार दिउँसो मृत्यु भएको उनले बताए । उनमा मंसिर ८ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
यस्तै पोखरा महानगरपालिका–१८ का ५१ वर्षीय पुरूषको प्रतिष्ठानमै आइतबार राति मृत्यु भएको हो । उनमा मंसिर ११ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
यस्तै पोखराकै स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्याङ्जाको वालिङ नगरपालिका–१४ का ६७ वर्षीय पुरूषको उपचारको क्रममा सोमबार बिहान मृत्यु भएको छ ।
पोखरास्थित चरक मेमोरियल अस्पतालमा पोखरा महानगरपालिका–१६ की ५७ वर्षीया महिलाको उपचारको क्रममा सोमबार बिहान मृत्यु भएको छ । उनमा मंसिर १२ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।















प्रतिक्रिया