शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

कोटेश्वरस्थित स्काई ज्वलेर्सका सञ्चालक कुमार सेञ्चुरी पक्राउ

दैनिक नेपाल २०७७ मंसिर १५ गते १४:०३

काठमाडौं, १५ मंसिर । कोटेश्वरस्थित स्काई ज्वलेर्सका सञ्चालक तेह्रथुमका कुमार सेञ्चुरीलाई प्रहरीले पक्राउ गरेको छ ।

भन्सार छलेर चोरी निकासी गरी सुन ल्याएको अभियोगमा सेञ्चुरीसहित अर्का एक जनालाई पनि प्रहरीले पक्राउ गरेको बताएको छ ।

पक्राउ पर्नेहरुमा तेह्रथुम छथर गाउँपालिका–४ का ३२ वर्षीय सेन्चुरी तथा रामेछाप दोरम्बा गाउँपालिका–४ का ३२ वर्षीय गंगाबहादुर मगर छन् ।

बिशेष सूचनाको आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले गत शुक्रबार दिउँसो काठमाडौं महानगरपालिका–९ सिनांमगलस्थित गोल्डेन गेट अगाडिबाट पक्राउ गरेको हो ।

गंगा बहादुरलाई शंकास्पद अवस्थामा फेला पारी जाँच गर्दा उनको साथबाट नगद ११ लाख ८६ हजार ५०० फेला पारेको र थप अनुसन्धानको क्रममा उनले राजश्व छलि गरी ल्याएको सुनका बालाहरु कोटेश्वरस्थित स्काई ज्वलेर्स सञ्चालक कुमारलाई विक्री गर्ने गरेको भन्ने खुल्न आएपछि आइतबार उक्त ज्बलेर्सबाट करिब १४९ दशमलव ९५ ग्राम बराबरको ३ थान सुनको बालासहित सेञ्चुरीलाई समेत पक्राउ गरेको प्रहरीले बताएको छ ।

उनीहरुलाई आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान विभाग हरिहर भवन ललितपुर पठाइएको महानगरीय अपराध महाशाखा काठमाडौंले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित