२ कार्तिक २०८३, सोमबार

साझा र विवेकशील पार्टीबीच एकता हुँदै, मिश्र र पाण्डे दुबै नेतृत्वमा

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ मंसिर । साझा पार्टी र विवेकशील दलबीच एक साताभित्रै एकता हुने भएको छ ।

यसअघि पनि एकता गरेर १७ महिनापछि छुट्टिएका दुई वटै दलबीच पुनः एकीकरण हुन लागेको हो । एकता गर्ने सैद्धान्तिक निर्णय दुवै पार्टीले पारित गरेको छ ।

केही प्रक्रियागत कुराहरु पूरा हने वित्तिकै सम्भवतः आउँदो एक हप्ताभित्रै एकताले पूर्णता पाउने दुवै दलका नेताहरुले बताएका छन् ।

साझा र विवेकशीलले समान प्रतिनिधित्व अर्थात् बराबरीको सिद्धान्तअनुसार पार्टी एकता गर्न लागेको बताइएको छ । सहमति अनुसार केन्द्रमा दुईजना संयोजक वा अध्यक्ष राखिने भएको छ ।

केन्द्रदेखि तल्ला कमिटी सबैतिर ५०–५० प्रतिशत प्रतिनिधित्व हुनेगरी सहमति जुटेको एक नेताले बताए । एकीकृत पार्टीमा साझाका संयोजक रवीन्द्र मिश्र र विवेकशीलका अध्यक्ष मिलन पाण्डे दुवै नेतृत्वमा रहने बताइएको छ ।