८ कार्तिक २०८३, आइतबार

सरकार सवास्थ्य क्षेत्र सुढृढ बनाउन लागेको छः अर्थमन्त्री पौडेल

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ मंसिर । अर्थमन्त्री विष्णु पौडेलले स्वास्थ्य क्षेत्र सुदृढ बनाउन सरकार लागिपरेको बताएका छन् ।

सोमबार बिहान एक कार्यक्रममा मन्त्री पौडेलले सरकारको अहिलेको ध्यान स्वास्थ्य क्षेत्र बलियो बनाउने रहेको बताए ।

उनले स्वास्थ्य क्षेत्रलाई सुदृढ बनाउनेतर्फ केन्द्रीत भएर देशका तीन सय ९६ वटा पालिकामा अस्पताल शिलान्यास गरिँएको उल्लेख गरेका छन ।

पौडेलले आर्थिक, पर्यटन, उद्योग र सामाजिक गतिविधिका हिसाबले देशकै अग्रस्थानमा रूपन्देही स्थापित हुने पनि बताएका छन् ।

नेपाली उद्योगी तथा व्यवसायीले उठाउँदै आएका औद्योगिक क्षेत्रको विकास, विद्युत डिमाण्ड शुल्क, ट्रन्कलाइनलगायतको समस्याप्रति आफ्नो ध्यान केन्द्रित भएको उनले बताएका छन ।