१० कार्तिक २०८३, मंगलबार

सुकुम्बासीले २०७८ सालभित्र लालपुर्जा पाइसक्नेः अध्यक्ष ज्ञवाली

504
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भरतपुर, १५ मंसिर । भूमिसम्बन्धी समस्या समाधान आयोगका अध्यक्ष देवी ज्ञवालीले २०७८ साल सम्ममा सबै सुकुम्बासीले लालपुर्जा पाइसक्ने बताएका छन् ।

गृहजिल्ला भरतपुरमा आइतबार आयोजित कार्यक्रममा उनले आयोगले अहिले लगत संकलनको अन्तिम तयारी गरिरहेको बताए ।

विगतमा जिल्लामा समिति बनाएर काम हुने गरेकोमा अब स्थानीय तहलाई जिम्मेवारी दिन लागिएको उनले बताएका छन ।

लगत संकलनपछि स्थानीय तहले गरेको सिफारिसको आधारमा आयोगले वास्तविक सुकुम्बासीको सूचीकृत गर्दै लालपुर्जा वितरण गर्ने ज्ञवालीले बताए ।

उनले जनप्रतिनिधि नै सहभागी भएर प्रकृया पुरा हुने भएकाले यसपटक विगतमा जस्तो धोका नहुने बताएका छन ।