बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

स्वीस सरकारले दिने १ अर्ब २५ करोड सहायता लिने मन्त्रिपरिषद्को निर्णय

दैनिक नेपाल २०७७ मंसिर १४ गते २२:०९

काठमाडौं, १४ मंसिर । सरकारले नेपाल कृषि बजार विकास कार्यक्रम दोस्रो चरणअन्तर्गत स्वीट्जरल्याण्ड सरकारले दिने सहायता स्वीकार गर्ने निर्णय पनि गरेको छ ।

आइतबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले करिब १ अर्ब २५ करोड नेपाली रुपैयाँ सहायता स्वीकार गर्ने निर्णय भएको बताएका छन् ।

यस्तै मन्त्रिपरिषद्ले द्वन्द्वकालीन समयमा घाइते भएकाहरुको निःशुल्क उपचार गर्ने भएको छ । ऐतिहासिक जनआन्दोलन, सशस्त्र द्वन्द्व र तराई मधेसमा भएको आन्दोलनमा घाइते भएकाहरुको सरकारले निःशुल्क उपचार गर्ने निर्णय भएको मन्त्री गुरुङले जानकारी दिए ।

सरकारले कतार सरकारबाट उपहारमा आउने मर्सिडिज बेन्ज इ १८० मोडलका कारहरु परराष्ट्र मन्त्रालयबाट प्राप्त गरी सरकारी प्रयोजनमा प्रयोग गर्न स्वीकृति पनि दिएको प्रवक्ता गुरुङले बताए ।

हेर्नुहोस् मन्त्रिपरिषद्का थप निर्णयहरू–

 

प्रतिक्रिया
सम्बन्धित