बिहीबार, ६ वैशाख २०८१
DainikNepal.com
बिहीबार, ६ वैशाख २०८१

ट्रकले ठक्कर दिँदा प्रहरी हबल्दारको घटनास्थलमै मृत्यु

दैनिक नेपाल २०७७ मंसिर १४ गते २१:४०

सांकेतिक तस्वीर

कञ्चनपुर, १४ मंसिर । पूर्वपश्चिम राजमार्गअन्तर्गत पर्ने कञ्चनपुरको बेदकोट नगरपालिका–१ चम्फापुर नजिक ट्रकले ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ ।

ट्रकले ठक्कर दिँदा मोटरसाइकल सवार प्रहरी हबल्दार ३६ वर्षीय रामबहादुर बिष्टको आइतबार घटनास्थलमै मृत्यु भएको हो । महेन्द्रनगरबाट धनगढीतर्फ आउँदै गरेको से १ क १४०६ नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको लु १२ प ५१५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो ।

प्रहरी हबल्दार बिष्ट भीमदत्त नगरपालिकाको झोलुङ्गे अस्थायी प्रहरी चौकीमा कार्यरत रहेको बताइएको छ ।

ठक्कर दिने ट्रकका चालक गोदावरी नगरपालिका–१ का २८ वर्षीय यज्ञराज भट्टलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुर प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीका अनुसार चालकमाथि अनुसन्धान सुरु भएको छ ।

मृतक बिष्ट शुक्लाफाँटा नगरपालिका–११ का बासिन्दा रहेको खुलेको छ ।

प्रतिक्रिया
सम्बन्धित