शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

छाप कौलाशे लिफ्टिङ खानेपानी उप–योजनाको शिलान्यास

दैनिक नेपाल २०७७ मंसिर १४ गते १९:५०

स्याङ्जा, १४ मंसिर । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्याललले स्याङ्जाको वालिङ–१२ स्थित छाप कौलाशे लिफ्टिङ खानेपानी उप–योजनाको शिलान्यास गरेकी छिन् ।

जनताको घर–घरमा खानेपानीको सुविधा पुर्याउने योजनाअन्तर्गत वालिङ नगरपालिकाका विभिन्न वडाहरूमा सञ्चालन हुने उप–योजनाहरुको उनले आइतबार शिलान्याश गरेकी हुन् । सो अवसरमा मन्त्री अर्यालले स्याङ्जाको प्रत्येक घर–घरमा धारा र शौचालय पुर्याउने योजनाका साथ आफूहरु अगाडि बढेको बताएकी छिन् ।

जनताले अब डोको र नाम्लोबाट मुक्ति पाउने भन्दै उनले हरेकको घर–घरमा धारा जडान हुने विश्वास दिलाइन् ।

रू. ४३ करोडको खानेपानी योजनाअन्र्तगत वालिङ नगरपालिकाका विभिन्न वडाहरूमा गरी ९ वटा खानेपानी उप–योजनाहरू सञ्चालन हुने छन् । त्यही योजना अन्र्तगत मन्त्री अर्यालले आईतबार छाप कौलाशे लिफ्टिङ उपयोजना, सिर्सेकोट लिफ्टिङ उपयोजना, डुडखोला खानेपानी उपयोजना र अधेरीखोला लंकाकोट अर्लुङ भोर्ले उपखानेपानी योजनाको शिलन्यास गरेकी हन् ।

यी ४ वटा योजनाबाहेक वालिङ–१, त्रियासीमा खानेपानी उपयोजना निर्माण शुरु भएको छ भने पेखु, पाठखोला, मिर्दि, रामबाच्छा खानेपानी उपयोजना शिलन्यास हुँन बाँकी छन् ।

प्रतिक्रिया
सम्बन्धित