शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

बल्ल शुरू भयो ‘कृष्ण–लीला’ (फोटोफिचर)

दैनिक नेपाल २०७७ मंसिर १४ गते १९:२२

काठमाडौं । दशैंअघि नै निर्माण घोषणा भएको चलचित्र ‘कृष्ण–लीला’ को गत शुक्रबारबाट छायांकन शुरू भएको छ ।

पूर्वी नेपालको झापाबाट सुटिङ थालिएको चलचित्रको युनिट हाल इलाम पुगेको छ । दीपक ओलीको निर्देशन र लक्ष्मण सुवेदीको लेखन रहेको चलचित्रको सुटिङ ‘कुनै दिन यस्तो पनि जिन्दगानी’ बोलको रोमान्टिक गीतबाट शुरू भएको जानकारी कार्यकारी निर्माता रत्न श्रेष्ठले दिएका छन् ।

सो गीतमा अभिनेता पुष्प खड्का र अभिनेत्री श्रद्धा क्षेत्री रोमान्टिक मुडमा प्रस्तुत भएका छन् । अन्जु पन्त र सुगम पोखरेलको स्वर र अर्जुन पोखरेलको संगीत रहेको गीतको कोरियोग्राफी रामजी लामिछानले गरेका छन् ।

बाबु श्रेष्ठले खिचेको गीत निकै सुन्दर बनेको कोरियोग्राफर लामिछानले बताएका छन् ।

आरआर चलचित्रस्को ब्यानरमा रोहित कट्टेलको प्रस्तुति तथा रत्न श्रेष्ठ कार्यकारी निर्माता रहेको ‘कृष्ण–लीला’मा पुष्प खड्का, श्रद्धा क्षेत्री, बुद्धि तामाङ, रबिन्द्र झा, नवीन रेग्मी, हिउँवाला गौतम, भावना गुरुङ, आयुष गुरागाईंलगायत कलाकार मुख्य भूमिकामा छन् ।

प्रकाश कार्की र केवल तामाङ निर्माता रहेको चलचित्रको कोशी नदी किनारमा सेट लगाएर सुटिङ आरम्भ गरिएको थियो भने युनिट हाल इलामको पानीटार पुगेको छ । त्यहाँ गीतको छायांकन सम्पन्न गरेर दृश्य खिच्न थालिने जानकारी निर्देशक वलीले दिएका छन् ।

चलचित्रको सम्पूर्ण छायांकन पूर्वी नेपालमै सकाइने बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित