२ कार्तिक २०८३, सोमबार

२४ घण्टामा २५ जना कोरोना संक्रमितको मृत्यु, १७९०९ जना आइसोलेसनमा

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडौं, १४ मंसिर । पछिल्लो २४ घण्टामा देशभर २५ जना संक्रमितले ज्यान गुमाएका छन् ।

यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ४७९ पुगेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका १ हजार २५५ जना नयाँ संक्रमित थप भएका छन् ।

८ हजार ८ जनाको पीसीआर विधिबाट स्वाब परीक्षण गर्दा उक्त संख्यामा संक्रमित पुष्टि भएका हुन् । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख ३१ हजार ९७८ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ४०४ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमण जितेर घर फर्किनेको संख्या २ लाख १२ हजार ५९० जना पुगेको छ ।

हाल देशमा सक्रिय संक्रमितको संख्या १७ हजार ९०९ छ ।

मन्त्रालयका अनुसार हालसम्म नेपालमा १७ लाख २७ हजार ८३६ जनाको पीसीआर विधिबाट स्वाब परीक्षण गरिएको छ भने अहिले १७ हजार ९०९ जना आइसोलेसन र ६३२ जना क्वारेन्टिनमा छन् ।