शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

आइतबार थपिए कोरोना भाइरसका १२५५ जना संक्रमित, १४०४ जना डिस्चार्ज

दैनिक नेपाल २०७७ मंसिर १४ गते १६:१७

काठमाडौं, १४ मंसिर । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका १ हजार २५५ जना नयाँ संक्रमित थप भएका छन् ।

८ हजार ८ जनाको पीसीआर विधिबाट स्वाब परीक्षण गर्दा उक्त संख्यामा संक्रमित पुष्टि भएका हुन् । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख ३१ हजार ९७८ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ४०४ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमण जितेर घर फर्किनेको संख्या २ लाख १२ हजार ५९० जना पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा देशभर २५ जना संक्रमितले ज्यान गुमाएका छन् । यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ४७९ पुगेको छ ।

हाल देशमा सक्रिय संक्रमितको संख्या १७ हजार ९०९ छ ।

मन्त्रालयका अनुसार हालसम्म नेपालमा १७ लाख २७ हजार ८३६ जनाको पीसीआर विधिबाट स्वाब परीक्षण गरिएको छ भने अहिले १७ हजार ९०९ जना आइसोलेसन र ६३२ जना क्वारेन्टिनमा छन् ।

प्रतिक्रिया
सम्बन्धित