शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

युवाहरुमा राजसंस्था र हिन्दू राष्ट्रप्रतिको चाहना बढ्यो : राणा

दैनिक नेपाल २०७७ मंसिर १४ गते १५:०८

काठमाडौं, १४ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शम्शेर राणाले राजसंस्था र हिन्दू राष्ट्रप्रति आम जनता र युवा पिढीको बढेको बताएका छन् ।

नेपाल र नेपाली बचाउन राजसंस्था र हिन्दू राष्ट्रको जोडदार माग गर्ने जनताको आवाज सकारात्मक र सह्रानीय रहेको भन्दै राणाले उनीहरुको यो चाहनालाई तार्किक निष्कर्षमा पुर्याउन आवश्यक भएको पनि बताएका छन् ।

‘सम्वद्र्धनवादमा अभ्यस्त, जनतामाझको राजनीतिक दल भएबाट राप्रपाले यही जनभावनाको समर्थन र पैरवी गर्दै आएको हो । राष्ट्रहितलाई केन्द्रमा राखेर, राजसंस्था र हिन्दू राष्ट्र प्रतिको जनलहरलाई तार्किक निष्कर्षमा पुर्याउनु हामी सबैको कर्तव्य बनेको छ’’ राणाले आइतबार एक सन्देश जारी गर्दै भने ।

‘यसबीच पद्धतिमाथिकै बहस देशव्यापी बन्नु आश्चर्य भएन । देशका कुनाकुना जनता जागेका छन् । वाक्कदिक्क छन्, विकल्पको खोजीमा छन् । नेपाली जनता, युवा पिढी सडकमा आएका छन् । नेपाल र नेपाली बचाउन राजसंस्था र हिन्दु राष्ट्रको जोडदार माग गर्दैछन्, जो सकारात्मक छ, सह्रानीय छ, प्रजातन्त्र अनुकूल छ’, उनले भने ।

परिवर्तन जनचाहना विपरीत गएको भन्दै राणाले सरकार, सत्तारुढ दल र राष्ट्रपतिको भूमिकासमेत आलोचना गरे । ‘समावेशीता, समृद्धि, पहिचान, स्थायित्वको नारा थियो तर देश दिनदिनै ओरालो लाग्दो छ । भ्रष्टाचारी देश भनेर सरकारले नयाँ कीर्तिमान राखेको छ । गुटगत, दलगत पक्षधरताले राष्ट्रपतिको गरिमा, निष्पक्षता प्रश्नचिह्नमा छ । सत्तारुढ नेकपा कुर्सी र बैठकको झगडामा लिप्त छ’, उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

कुर्सीको अन्तहिन झगडामा लागेर सत्तारुढ नेकपाले कोभिड महामारी प्रतिको जिम्मेवारी चटक्कै भूलेको राणाको आरोप छ । ‘केपी पीकेको अन्तहीन आरोप प्रत्यारोप जनमत, जनहित विपरीत छ । सरकारकै जोडबलमा कोभिड महामारी कुन चरीको नाम हो भन्ने सन्देश प्रवाह गरिएको छ । अब त बेसार र अदुवाको बसिबियाँलो पनि सुन्न छाडियो । दुईतिहाईको शासन भगवान भरोसामा छ, पूर्ण असफल छ’, राप्रपा अध्यक्षले भने ।

रााणले भने, ‘धर्म सँस्कृति परम्परा, ऐतिहासिक विरासत, राष्ट्रिय एकतामा आम नेपाली हित सुनिश्चित छ । निष्पक्ष अभिवावक संस्था प्रतिको जनचाहना यसै मान्यता अनुकूल छ । राजसंस्था, हिन्दू राष्ट्र प्रतिको उभारले विद्यमान जनचाहना, युवा भावना स्पष्ट गरेको छ ।’

प्रतिक्रिया
सम्बन्धित