शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

भारतमा कोरोना संक्रमितको संख्या ९३ लाख ९२ हजार नाघ्यो

दैनिक नेपाल २०७७ मंसिर १४ गते १३:०८

नयाँ दिल्ली, १४ मंसिर । भारतमा शुक्रबार थप ४१ हजार ८१० जनामा कोभिड १९ संक्रमण भएपछि कूल संक्रमितको संख्या ९३ लाख ९२ हजार ९२० नाघेको केन्दीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शनिबार जानकारी दिएको छ ।

भारत कोरोना भाइरसबाट अमेरिकापछि सबैभन्दा बढी प्रभावित भएको राष्ट्र हो । भारतमा पछिल्लो २४ घण्टामा थप ४९६ जना कोरोना संक्रमणको कारण मृत्यु भएपछि भारतभर कोरोनाका कारण मृत्यु हुनेको संख्या १ लाख ३६ हजार ६९६ पुगेको छ ।

यहाँ कोरोना भाइरस शुरु भएयता भएका सम्पूर्ण संक्रमितहरु मध्ये ८८ लाख २ हजार २६७ व्यक्ति कोरोना मुक्त भएका पनि मन्त्रालयले जानकारी दिएको छ । यस राष्ट्रमा महाराष्ट्र,दिल्ली र केरला क्रमशः कोरोना भाइरस बढी प्रभावित राज्यको रुपमा रहेको छ ।

तथापि, भारतमा ५० हजार भन्दा कम व्यक्ति सक्रमित भएका आज २२औं दिन हो । भारतमा १३ करोड ९५ लाख ३ हजार ८०३ जना व्यक्तिको कोरोना भाइरसको परीक्षण भएको इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च (आइसीएमआर) ले आइतबार जानकारी दिएको छ । हिजो अर्थात् नोभेम्बर २८ का दिनमा मात्र १२ लाख ८३ हजार ४४९ जनाको परीक्षण गरिएको आइसीएमआरले जनाएको छ । एएनआई

विश्वभर ६ करोड २५ लाख बढीमा कोरोना संक्रमण, १ लाख ५ हजारको अवस्था गम्भीर

प्रतिक्रिया
सम्बन्धित