
काठमाडौं, १४ मंसिर । उडान बन्द भएको ८ महिनापछि सरकारले नेपाल–भारत उडान खुलाउने निर्णय गरेको छ ।
बुधबारको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार नेपाली ध्वजावाहक वायुसेवाले दैनिक एउटा र भारतीय वायुसेवाले एउटा गरी दिनमा दुई वटासम्म मात्रै उडान गर्नेगरी उडान खुला गरिएको हो ।
नेपालले कोरोना संक्रमण रोकथामका लागि गत चैतदेखि नियमित अन्तर्राष्ट्रिय उडान बन्द गरेको थियो । सरकारले गत भदौ १६ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल खुला गरे पनि भारत र चीनले अझै पनि निःसर्त नियमित अन्तर्राष्ट्रिय उडान खुला गरिसकेका छैनन् ।
भारतले दुई देशका नागरिकलाई मात्रै सेवा दिलाउने सर्तमा एयर–बबल अवधारणामा उडान खुलाउन नेपाललाई एक महिनाअघि प्रस्ताव गरेको थियो ।















प्रतिक्रिया