२ कार्तिक २०८३, सोमबार

चिनियाँ रक्षामन्त्री वेई फेंग्हे काठमाडौं आईपुगे

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ मंसिर । चिनियाँ रक्षामन्त्री जनरल वेई फेंग्हे काठमाडौं आइपुगेका छन् ।

नेपालको एकदिने औपचारिक भ्रमणका लागि २० सदस्यीय प्रतिनिधिमण्डलसहित वेई काठमाडौं आएका हुन् । उनी चीनको पहिलो नम्बरका स्टेट काउन्सिलर एवम् रक्षामन्त्री हुन् ।

एयर चाईनाको विमानमार्फत् भित्रुवन विमानस्थल अवतरण गरेका वेई विभानस्थलबाट बालुवाटारस्थित चिनियाँ दूतावास जाने कार्यक्रम छ ।

चिनियाँ रक्षामन्त्रीले आइतबार प्रधानसेनापति, प्रधानमन्त्री र राष्ट्रपतिसँग औपचारिक भेटवार्ता गर्दै छन् । भ्रमण पुरा गरेर वेई आजै साँझ स्वदेश फर्किने कार्यक्रम छ ।