२ कार्तिक २०८३, सोमबार

आगामी तीन दिन मौसम सफा रहने

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ मंसिर । जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिन मौसम सफा रहने जनाएको छ ।

विभागका अनुसार आज सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिक बदली र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । तीन दिनको मौसम पूर्वानुमान बुलेटिन अनुसार आज आइतबारदेखि तीनै दिन देशभर मौसम सफा रहने विभागले जनाएको छ ।

आगामी २४ घण्टा देशका धेरै स्थानहरूको वायुको तापक्रममा कमी आउनाका साथै तराई भू–भागमा बिहानीपख वायुको पारदर्शितामा कमी भई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भन्दै सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

पश्चिमी वायुको प्रभावले केही दिन प्रभावित मौसम क्रमशः हिजोदेखि सुधार भएको हो ।