लण्डन, १४ मंसिर । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल शीर्ष स्थानमा उक्लिएको छ ।
शनिबार राति भएको खेलमा ब्राइटनसँग १-१ गोलको बराबरी खेल्दै एक अंक जोडेको लिभरपुल शीर्ष स्थानमा उक्लिएको हो ।
यसअघि समान २० अंक भएपनि टोटनह्यामसँग गोल अन्तरमा पछि रहेको लिभरपुल दोस्रो स्थानमा थियो । लिभरपुल २१ अंकका साथ शीर्ष स्थानमा छ । लिभरपुलका लागि ६० औं मिनेटमा डिएगो जोटाले गोल गर्दै अग्रता दिलाएका थिए ।
प्रतिक्रिया