शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

इथियोपियाका शरणार्थीलाई सहयोग गर्न सुडानलाई १५ करोड डलर आवश्यक

दैनिक नेपाल २०७७ मंसिर १४ गते १०:२६

Tigray women and men who fled the conflict in Ethiopia’s Tigray region, wait in line to pour water into gallons, at Umm Rakouba refugee camp in Qadarif, eastern Sudan, Friday, Nov. 27, 2020. Ethiopian Prime Minister Abiy Ahmed again ruled out dialogue with the leaders of the defiant Tigray region Friday but said he was willing to speak to representatives “operating legally” there during a meeting with three African Union special envoys trying to end the deadly conflict between federal troops and the region’s forces. (AP Photo/Nariman El-Mofty)

लण्डन, १४ मंसिर । इथियोपियाली शरणार्थीलाई सहयोग गर्न सुडानलाई १५ करोड डलर आवश्यक रहेको राष्ट्रसंघले जनाएको छ ।

इथियोपियामा नोभेम्बर ४ देखि सुरु भएको द्वन्द्वका कारण तीन हप्तामा कम्तीमा ४३ हजार शरणार्थी सुडान पुगेका छन् ।

इथियोपियाको टाइग्रेमा लगातार झडप हुँदै आएको र झडपका कारण हजारौँ इथियोपियाली नागरिक सुडान प्रवेश गरेका हुन् ।

इथियोपियाको द्वन्द्वग्रस्त टाइग्रेबाट सुडान आएका शरणार्थीको व्यवस्थापनका लागि १५ करोड अमेरिकी डलर आवश्यक परेको राष्ट्रसंघका शरणार्थी मामिला प्रमुख फिलिपो ग्रान्डीले बताए ।

राष्ट्र संघका शरणार्थी मामिला उच्च आयुक्त ग्रान्डीले इथियोपिया–सुडान सीमा क्षेत्रबाट कम्तीमा ८० किलोमिटर टाढा रहेको शिविरमा शरणार्थीको भीड लाग्दा उनीहरूलाई खाद्यान्न र कपडालगायतका अति-आवश्यक सामग्रीको व्यवस्थापनका लागि रकम आवश्यक परेको बताएका छन् ।

प्रतिक्रिया
सम्बन्धित