शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

उपराष्ट्रपति पुनका सवारी चालक पक्राउ

दैनिक नेपाल २०७७ मंसिर १४ गते ८:२३

भक्तपुर, १४ मंसिर । सालक बिक्री गर्न हिँडेका दुईमध्ये पक्राउ परेका एकजना उपराष्ट्रपति नन्दबहादुर पुनका सवारी चालक रहेको पाइएको छ ।

महानगरीय प्रहरी परिसर भक्तपुरको विशेष टोलीले गत बुधबार पोथी सालकसहित मध्यपुरथिमि नगरपालिका–१ लोकन्थलीबाट पक्राउ गरेका दुई जनामध्ये एक जना उपराष्ट्रपतिको चालक रहेको अनुसन्धानबाट खुलेको प्रहरी तथा वन कार्यालय स्रोतले जानकारी दिएको छ ।

पक्राउ परेकामध्ये सशस्त्र प्रहरीमा कार्यरत भीमबहादुर मगर उपराष्ट्रपति पुनको बहालवाला सवारी चालक भएको डिभिजन वन कार्यालयका एक कर्मचारीले जानकारी दिए ।

यसअघि उनी नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सवारी चालकका रुपमा कार्यरत रहेको बताइएको छ ।

यसबारेमा थप जानकारी माग्दा प्रहरी उपरीक्षक तारादेवी थापाले भने यसको अनुसन्धान वन कार्यालयको क्षेत्राधिकारभित्र पर्ने भएकाले यसबारेमा प्रहरीले थप अनुसन्धान नगरी कार्यालयलाई बुझाएको जानकारी दिए ।

अनुसन्धानको क्रममा पक्राउ परेकामध्ये भीमबहादुर मगर सशस्त्र प्रहरीका जवान रहेको र उनको साथबाट प्रहरीको परिचय पत्र बरामद भएको प्रहरीले जनाएको छ ।

सालकसहित प्रहरीले धादिङ शीतली गाउँपालिका–३ झार्लाङ्दी घर भई काठमाडाैं महानगरपालिका–२६ कपुरधारा बस्ने २७ वर्षीय ध्रुवबहादुर मगर र सोही ठाउँमा घरभई काठमाडौं महानगरपालिका–२६ लैनचौर बस्ने ३१ वर्षीय भीमबहादुरलाई पक्राउ गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित