काठमाडौं, १४ मंसिर । चिनियाँ रक्षामन्त्री वेइ फेङहे केही घण्टाका लागि आइतबार काठमाडौं आउँदै छन् ।
भारतीय कूटनीतिज्ञहरूले काठमाडौंमा आएर उच्चस्तरीय भेटवार्ता गरिरहेका बेला चिनियाँ रक्षामन्त्री फेङहे छोटो नेपाल भ्रमणका लागि आउन लागेका हुन ।
परराष्ट्र मन्त्रालयले शनिबार विज्ञप्तिमार्फत आइतबार चिनियाँ रक्षामन्त्री फेङहेको एक दिने नेपाल भ्रमणबारे औपचारिक जानकारी गराएको छ ।
नेपाल भ्रमणका क्रममा चिनियाँ रक्षामन्त्री फेङहेले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी ओली र प्रधानसेनापति पूर्णचन्द्र थापासँग भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
भारतले आफूप्रति निरन्तर उठाएको चासोलाई सन्तुलनमा राख्न चिनियाँ राष्ट्रपति सी जिङफिङले रक्षामन्त्री फेङहेलाई नेपाल भ्रमणमा पठाएको विश्लेषकहरूले बताएका छन् ।











प्रतिक्रिया