शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

दाङमा माइक्रोसफ्ट अफिस स्पेसलिस्ट वल्र्ड च्याम्पियनसीप–२०२१ हुँदै

दैनिक नेपाल २०७७ मंसिर १३ गते २३:०७

दाङ, १३ मंसिर । दाङमा रहेको हाईटेक कम्प्युटर इन्स्टिच्युटले विद्यार्थीलाई यसवर्ष माइक्रोसफ्ट अफिस स्पेसलिस्ट वल्ड च्याम्पियनसीपमा लैजाने भएको छ ।

इन्स्टिच्युटले मापदण्ड पुगेका दाङका सबै विद्यार्थीलाई च्याम्पियनसीपमा सहभागी गराउने भएको हो । जिल्ला स्तरीय प्रतियोगिता सञ्चालन गर्नका लागि इन्स्टिच्युटले दाङ जिल्ला भित्र रहेका सम्पूर्ण विद्यालय तथा कलेजसंग सहकार्य गर्ने भएको छ । प्रतियोगितामा भाग लिन चाहानेहरुका लागि रजिष्टेशन पुस १ गते देखि हुने हाईटेक कम्प्युटर इन्स्टिच्युटले जनाएको छ ।

प्रतियोगितामा १३ वर्ष पूरा भई २२ वर्षसम्मको जो कोही सहभागी हुन सक्ने हाईटेक कम्प्युटर इन्स्टिच्युटका संस्थापक यामबहादुर सोतीले बताउनुभयो । अघिल्लो वर्ष १३ देखि १८ वर्ष उमेर समूहलाई प्रतिस्पर्धा गराईएको उनले जानकारी दिए ।

प्रतियोगिता जिल्ला स्तरीय, राष्ट्रिय र अन्तराष्ट्रिय गरी तीन तहमा संचालन हुने गर्दछ । जिल्ला स्तरको परीक्षा सफल गरेकाबाट छानिएका जिल्ला स्तरीय विजेताहरु नेशनल च्याम्पियनसीपका लागि काठमाडौं जाने छन् ।

काठमाण्डौमा ७७ जिल्लाबाट छानिएका ४६२ जना बिजेताहरु बीच प्रतिस्पर्धा हुने छ । काठमाडौंबाट प्रत्येक विधाका २ जना गरी शीर्ष ६ जना विद्यार्थी वल्र्ड च्याम्पियनसीपमा नेपालको प्रतिनिधित्व गर्दै अमेरिकाको ओर्लान्डो, फ्लोरिडा जाने छन् । माइक्रोसफ्ट अफिस स्पेशलिस्ट वल्र्ड च्याम्पियनसीपमा विद्यार्थीलाई सहभागी गराउनका लागि हाईटेक कम्प्युटर इन्स्टिच्युट दाङ जिल्लाको आधिकारिक संस्था हो ।

के हो माइक्रोसफ्ट अफिस स्पेशलिस्ट वल्र्ड च्याम्पियनसीप ?

माइक्रोसफ्ट अफिस स्पेशलिस्ट वल्र्ड च्याम्पियनसीप एक ग्लोबल कम्पीटिसन हो । जसले विद्यार्थीको माइक्रोसफ्ट अफिस वर्ड, एक्सल र पावरपोइन्टमा सीप परीक्षण गराउनुका साथै विद्यार्थीलाई माईक्रोसफ्ट सर्टिफिकेशन उपलब्ध गराउँदछ ।

माईक्रोसफ्ट सर्टीफिकेशन एक अन्तराष्ट्रिय प्रमाण पत्र हो । विगत १८ वर्ष देखी यस च्याम्पियनसीप भैरहेको र सन् २०२० मा १३५ देशका १० लाख भन्दा बढी विद्यार्थीले सहभागिता जनाएका थिए । यस प्रतियोगितामा यस अघि २०१३ मा वल्र्ड च्याम्पियनसीपको उपाधि नेपालका हिमाल श्रेष्ठले हासिल गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित