२ कार्तिक २०८३, सोमबार

अब राजसंस्थाको विकल्प छैन : मेयर राणा

2.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बाँके, १३ मंसिर । राजसंस्था र हिन्दू राष्ट्रको पुनः स्थापनाको माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीको अगुवाइमा शनिबार नेपालगञ्जमा प्रदर्शन भएको छ ।

नेपालगञ्जको बागेश्वरी मन्दिर अगाडिबाट शुरू भई धम्बोझी चोकमा समापन भएको र्यालीमा सयौंको संख्याका मोटरसाइकलसहित आएका राजसंस्था पक्षधरहरुले नेपाललाई धर्मसापेक्ष हिन्दू राष्ट्र घोषणा, राजसंस्था पुनः स्थापनासहित संघीयता खारेजीको माग राख्दै शक्ति प्रदर्शन गरेका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै राप्रपा नेता धवल शम्शेर राणाले अब मुलुकको विकासका लागि राप्रपाको विकल्प नभएको बताएका छन् । सम्बोधनका क्रममा नेपालगन्ज उपमहानगरपालिकाका मेयर समेत रहेका राणाले नेकपाको सरकारले मुलुकलाई ध्वस्त पारेको आरोप लगाउँदै राजाबिनाको देशको परिकल्पना गर्न समेत नसकिने दाबी गरे ।

विदेशी शक्तिको आडमा जवर्जस्ती थोपरिएको गणतन्त्र र संघीयता देशले धान्न नसक्ने उनले बताए ।