शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

शनिबार १३ सय ८० जनामा कोरोना पुष्टि, १९ को मृत्यु

दैनिक नेपाल २०७७ मंसिर १३ गते १६:५१

काठमाडौँ, १३ मंसिर । नेपालमा थप १ हजार ३ सय ८० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप १ हजार ३ सय ८० जनामा संक्रमण पुष्टि भएको जानकारी दिएको छ ।
यससँगै संक्रमितको संख्या २ लाख ३० हजार ७ सय २३ पुगेको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या १८ हजार ८३ रहेको छ ।

त्यस्तै, मन्त्रालयका अनुसार गत २४ घण्टामा थप ५ सय १५ जनाले कोरोना जितेका छन् । योसहित निको हुनेको संख्या २ लाख ११ हजार १ सय ८६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप १९ जनाको कोरोना संक्रमितको मृत्यु भएको छ ।

यससँगै मृतकको संख्या १ हजार ४ सय ५४ जना पुगेको छ ।

प्रतिक्रिया
सम्बन्धित